राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट लेखनको तयारी सुरु गर्न निर्देशन दिएका छन्।

सोमबार राजधानी काठमाडौँमा आयोजित पार्टीको समायोजन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्। उनले अर्थशास्त्रीसमेत रहेका उपसभापति वाग्लेलाई भावी अर्थमन्त्रीको रूपमा अघि सार्दै बजेट लेखनको जिम्मेवारी लिन आग्रह गरे।

सभामा बोल्दै लामिछानेले भने,

“पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु—डाक्टर साब, आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्।”

यसअघि नै रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सार्ने सहमति भइसकेको बताइएको छ।

बजेट लेखनको राजनीतिक नेतृत्व अर्थमन्त्रीले गर्ने प्रचलन रहेको उल्लेख गर्दै लामिछानेको अभिव्यक्तिलाई भावी सरकार गठनतर्फको तयारीका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय