सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइएको छ।
उनलाई बयानका लागि वीरगञ्ज लैजान सामेबार दिउँसो पोखराबाट काठमाडौं ल्याइएको हो।
वीरगञ्जको सानोपाइला सहकारीको रकम हिनामिना प्रकरणमा १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको थियो। सो प्रकरणमा बयानका लागि उनलाई वीरगञ्ज लैजान काठमाडौं ल्याइएको हो।
उनलाई आजै काठडमाडौंबाट सिमरा जहाबाट लगिँदैछ। सीमराबाट गाडीमा रविलाई वीरगञ्ज लगिने छ।
यही प्रकरणमा मुछिएका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिसकिएको छ।
सहकारी ठगी प्रकरणमै सोधपुछका लागि रविलाई यसअघि रुपन्देही, काठमाडौं र चिवतन लगिसकिएको छ।
रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। रविविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ।