कप्तान पुजा महतोको बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले चौथो जित निकालेको छ।

मंगलबार दुबईस्थित दी सेभेन्स मैदानमा भएको खेलमा पूजाको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपालले कुवेतमाथि १६५ रनको फराकिलो अन्तरले जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१४ रनको विहाल लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै अलआउट भयो। उसका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाउन काहे अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्। कुवेतका आठ खेलाडीले रनको खाता खोल्न सकेनन्।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान पुजाले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् ।
महतोले शतक प्रहार गरेकी छिन्।

उनले जारी खेलमा कुवेतविरुद्ध शतक प्रहार गरेकी हुन्। योसँगै उनले कीर्तिमान पनि आफ्नो नाममा लेखाइन्। रचना चौधरी र सिमाना केसीको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले पुजाको शतक मद्दतमा निर्धारित ओभरमा २ विकेटको क्षतिमा २१३ रन बनाएको थियो।

पुजाले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्ने क्रममा ६९ बलमा १७ चौकाको सहयोगमा नटआउट १३० रन बनाइन्।

यस्तै, सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए।

४ टिम सहभागी डबल राउन्ड लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले टि–२० विश्वकपमा छनोट हुनेछ।

प्रतियोगितामा नेपाल युएईसँग मात्र पराजित छ। अब नेपालले अन्तिम खेल युएईसँगै खेल्ने छ। अन्तिम खेलमा युएईलाई हराउन सके नेपाल रनरेटका आधरामा यू–१९ महिला विशवकपमा छनोट हुन सक्नेछ।

नेपाल युएईबीचको खेल भोलि हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय