युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ। पहिलो खेलमा एफसी ट्वान्टेसँग बराबरी खेलेको युनाइटेड बिहीबार राति पोर्चुगिज क्लब एफसी पोर्टोसँग बराबरीमा रोकियो।

पोर्टोकै मैदानमा भएको खेलमा युनाइटेड २ गोलको अग्रता जोगाउन नसक्दा ३–३ गोलको बराबरीमा रोकिएको हो। खेलमा युनाइटेडले सातौं मिनेटमा मार्कस रोस्फोर्डको गोलमा अग्रता लियो। त्यसपछि २०औं मिनेटमा रास्मस होइलुन्डले युनाइटेडको अग्रता दोब्बर बनाए।

त्यसपछि ७ मिनेट अन्तरमा २ गोल गर्दै पोर्टो खेलमा फर्किएको थियो। २७औं मिनेटमा उसका पेपे अक्विनोले गोल गरेका थिए भने ३४औं मिनेटमा सामु ओमोरिडिओनले गोल गरेका थिए।

पहिलो हाफ २–२को बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा ओमोरिडिओनले नै गोल गरेपछि पोर्टेले २ गोलले पछि परेको अवस्था उल्टाउँदै खेलमा ३–२को अग्रता लियो।

त्यसपछि ८१औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो। उसका कप्तान फर्नान्डेसले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। फर्नान्डेसले लागतार दोस्रो खेलमा रातो कार्ड पाएका छन्। उनले ४ दिन अन्तरमा २ रातो कार्ड पाए।

तर, १० खेलाडी र १ गोलले पछि परेको युइनाटेडका लागि इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी मग्वायरले गोल गरे गर्दैै टिमलाई हारबाट जोगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय