विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को लागि बिहीबारबाट आवेदन खुल्ला भएको छ।

बिहीबार राजधानीको कमलादिस्थित २५६ फिट उचाईको २२ औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार सल्मेलन गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वल्र्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हुने जानकारी दिए।

प्रतियोगिताको पहिलो चरणको अडिशन भादौ ८ गते नयाँ वानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा हुनेछ।

मिसेस नेपाल वर्ल्डको विजेताले यो पटक पनि अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर पाउने अध्यक्ष झाले जनाए। सोही मञ्चमा मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने छ।

‘यस पटक हामी केही परिमार्जित र फरक किसिमले कार्यक्रम गर्नेछौं। जुन, महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ,’ अध्यक्ष झाले भने।

प्रतियोगिताका कोरियोग्राफर आश्विनीकान्त झाले मिसेस नेपाल वल्र्डलाई यस पटक बृहत ढंगले आयोजना गर्न लागेको बताए।

‘हामी मिसेस नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस वल्र्डको अन्तराष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौं। नेपाली समुदाय र संघ संस्थाहरुसंग समन्वय र सहज वातावरण तय गर्नका लागि म केहि समय अमेरिका गएर हालै फर्किएको छु । त्यस आधारमा मिसेस वल्र्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु’ उनले भने।

स्काई वाक टावरका प्रमूख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठले विवाहपछि महिलाहरु अगाडि बढ्न असजिलो हुन्छ भनिने नेपाली समाजमा रिबन ईन्टटेन्मेन्टले विवाहित महिलाका लागि आयोजना गर्दै आइरहेको कार्यक्रममा जोडिन पाउँदा खुशी व्यक्त गरे।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ।

सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरुले प्रशिक्षण दिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय