सीमान्तकृत अल्पसंख्यक दरै समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ लोकार्पण गरिएको छ।

माधव बिडारीद्वारा लिखित उपन्यासमा दरै समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ।

‘करिब एक वर्षअघिसम्म मैले दरै समुदायका बारेमा सुनेको पनि थिइनँ। दरै जातिका अध्ययन तथा बुझ्ने हुटहुटीले दरैको बसोबासस्थल रहेर यस समुदायको इतिहास, संस्कृति, संस्कार र जीवनशैलीसम्मका विषय उपन्यासमा समेटेको छु,’ उपन्यासकार बिडारीले भने।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले आइतबार उपन्यासको लोकार्पण गर्दै दरै समुदायको संस्कार, संस्कृति र रहनसहनको विषयमा समेटिएर लेखिएको उपन्यासले समुदायसँग सम्बन्धित सबै कुराको संरक्षणको दायित्व बढाएको बताए।

नेपाल दरै उत्थान समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिजबहादुर दरैले उपन्यासले समग्र जातिसँगै दरै समुदायलाई उपन्यासको कथाका मुख्य पात्र राखेर संस्कार, संस्कृति जोडिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय