नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश परामर्श बैठक आजदेखि धनगढीमा सुरु भएको छ।

बैठकमा सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको पार्टीका सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेललगायत केन्द्रीय पदाधिकारीको सहभागीता छ।

भदौ १३ गतेसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबाट सुझाव संकलन गरिने प्रदेश सचिव बुढाले जानकारी दिए।

माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच छलफल गर्नका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय