काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेलाई जरिबाना गरेको पत्र हुलाक र इमेलबाट पठाएका छन्।

यसअघि महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलबाट सूचना पठाइएको हो।

एमालेले आफूहरु आयोजक नभएको बताउँदै सूचना बुझ्न अस्वीकार गरेको थियो।

गत मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख जरिबाना गरेको थियो। मेयर शाहले एमालेमाथि पूर्वाग्रह राखेर जरिबाना गरेको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय