बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन् ।
मंगलबार सत्ता साझेदार दल नेकपा एमालेका नेता जग्गनाथ थपलिया तथा सांसदहरुसहित हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर लामाले दाबी पेस गरेका हुन्।
मुख्यमन्त्रीमा दाबी पेश गर्दै उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई ६४ सांसदको हस्ताक्षर बुझाएका छन्। ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसद चाहिन्छ।
प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेसम्मको दिएर आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो।