पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पश्चिमले आगामी निर्वाचनका लागि समानुपातिकतर्फ आठविसकोट नगरपालिकाकी प्रेमा शाहीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको कर्णाली प्रदेश समितिको बैठकले शाहीको नाम समानुपातिक उम्मेदवारका रूपमा टुंगो लगाएको हो।
आठविसकोटबाट लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएकी शाही यसअघि नेकपा (माओवादी केन्द्र)को प्रदेश कमिटी सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। जनार्दन शर्मा नेतृत्वको समूह नेकपाको एकता प्रक्रियामा नगएर प्रलोपा गठन गरेपछि शाही पनि उक्त पार्टीमा आवद्ध हुनु भएको हो।
शाहीको उम्मेदवारीले आठविसकोटसहित समग्र रुकुम पश्चिममा प्रलोपा संगठन थप मजबुत हुने विश्वास पार्टीले लिएको छ।







