अमेरिका भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका ओली अहिले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका छन्।
उनले आजै मन्त्रिपरिषद् बैठक डाकेका छन्। प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए।
ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए।







