रुकुम पश्चिम, आठबिसकोट –
आठबिसकोट नगरपालिकाकी उप–मेयर धनकुमारी शाहीले नगरभित्रको ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको गोटामकोट क्षेत्रको अवलोकन भ्रमण गरेकी छिन्। हरियालीले ढाकिएको रमणीय पृष्ठभूमिमा खिचिएको तस्बिरसहितको सामाजिक सञ्जाल पोस्टमा उनले गोटामकोटबाट सबैलाई नमस्ते भन्दै यहाँको पर्यटन प्रवर्द्धनमा स्थानीय सरकार प्रतिबद्ध रहेको संकेत गरेकी छन्।
गोटामकोट क्षेत्र प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र स्थानीय सांस्कृतिक सम्पदाले भरिएको क्षेत्र हो। यहाँबाट देखिने हरियाली पहाड, घना बस्ती र समुन्द्र सतहबाट उच्च क्षेत्रमा फैलिएको बगर क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने सम्भावना बोकेको छ।
नगरपालिकाले आगामी दिनमा गोटामकोट लगायतका पर्यटकीय स्थलको प्रवर्द्धन, संरचना निर्माण र पहुँच सुधारका लागि योजनाबद्ध रूपमा अघि बढ्ने योजना बनाएको जानकारी समेत उप–मेयर शाहीले दिएकी छिन्।







