
न्यु ह्याम्पशायरमा वाणिज्य दूतावास आउटरीच कार्यक्रम सञ्चालन गरिने भएको छ।
कार्यक्रम न्यु हाम्पशायर र त्यसवर रहेका बासिन्दालाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो। यो कार्यक्रम फेब्रुअरी ८मा आयोजना हुने छ।
कार्यक्रममा राहदानी नवीकरण गरिनुका साथै एकतर्फी यात्रा अनुमतिपत्र, गैरआवासीय नेपली परिचयपत्र, अमेरिकी राहदानी धारकहरूको लागि पर्यटक भिसा, नोटराइज्ड पावर अफ अटर्नीलगायत कन्सुलर सेवा उपलब्ध हुनेछ।
यो सेवा लिन चाहनेहरुले तत्कालै नाम उपलब्ध गराउन भनिएको छ। यो सेवा आवश्यक भएकाहरुले कमल ढुंगाना (६०३–६६१–८९७३), छत्रा गुरुङ (६०३–३६१–७२१०), सुन्दरी गुरुङ (६०३–२९६–५१५४), मुक्ति राई (६०३–६१७–९१४६), लाक्या शेर्पा (६०३–९७८–०९५०), हितमान गुरुङ (४४३(–२२६–३४६९), प्रदिप कार्की (४०१–६८८–६७६६), एलिजा कार्की (६०३–६८८–७५१२)र भेषराज शर्मा (६०३–४३८–३८५५) सँग सम्पर्क गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन्।