रुकुम पश्चिम बिनोद बटाला सम्वाददाता
नेपाली कांग्रेसबाट रुकुम पश्चिम निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी आठबिसकोट नगरपालिका–स्थित राडी बजार पुगेका छन्।

चुनावी प्रचार–प्रसारको क्रममा राडी बजार पुगेका उम्मेदवार केसीले स्थानीय व्यवसायी, मतदाता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिएका छन्। उनले जनताको भावना अनुसार विकास, रोजगारी र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय विकास, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई केन्द्रमा राखेर कांग्रेसले स्पष्ट एजेन्डासहित चुनावमा होमिएको उनको भनाइ छ। राडी बजारमा भएको भेटघाटलाई स्थानीयले सकारात्मक रूपमा लिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय