रुकुम पश्चिम, आठबीसकोट नगरपालिकाले प्रकाशित गरेको करार कर्मचारी छनोट नतिजा विवादमा तानिएको छ। एकै घरका भाइ–बुहारी लाई छनोट गरिएको भन्दै “मेयरको पावर प्रयोग गरी मनपरी समायोजन गरिएको” आरोप सार्वजनिक रूपमा उठ्न थालेका छन्।स्थानीयवासीका अनुसार अनुभवी तथा पुराना कर्मचारीलाई छोडेर नयाँ कर्मचारी छानिएको र यसमा मेयरको सीधा हस्तक्षेप रहेको दाबी गरिएको छ। नगरपालिकाभित्र समन्वय, प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाइएको छ।

नेपाली कम्युनिस्ट पार्टी र प्रगतिशील राष्ट्रिय अभियानबीचको धारणागत मतभेदले मेयर र उपमेयरबीच सम्बन्ध राम्रो नभएको बेला, सोही अवसरलाई प्रयोग गर्दै मेयरले आफू नजिकका व्यक्तिलाई रोजगार दिलाएको आरोप छ।

आरोप अनुसार, मेयरले आफ्नै पार्टीको सदस्य टिकराम बि.क.का भाइ–बुहारीको नाम सार्वजनिक गरेर कर्मचारी चयनमा प्रभाव पारेका छन्। यसले नगरपालिकामा निष्पक्षता कमजोर भएको जनाइएको छ।

वर्षौँदेखि काम गर्दै आएका कर्मचारीलाई प्रक्रियाबाट बाहिर राखेर “नयाँ तर राजनीतिक रूपमा नजिक” भनिएका व्यक्तिलाई अघि सारिएको गुनासो बढ्दै गएको छ। स्थानीयहरूले यसलाई मेयरको व्यक्तिगत निर्णयलाई संस्थागत प्रक्रियामाथि हावी गराएको उदाहरणको रूपमा लिएका छन्।

वर्षौँदेखि सेवामा रहेका कर्मचारीलाई पछाडि पारेर, राजनीतिक पहुँच भएका कर्मचारीलाई माथि उठाउने कार्य लगातार दोहोरिँदा जनविश्वास कमजोर भएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय