रुकुम पश्चिम, आठबिसकोट दशैँ जस्तो ठुलो पर्व नजिकिँदै गर्दा कलाकार तथा नव मोडल दिपा शाहीले आफ्नो जन्मथलो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, नमुना बस्तीमा समाजसेवी भूमिका निर्वाह गरेकी छन्।
संगीत क्षेत्रमा नव मोडलको रूपमा आफ्नो पहिचान बनाउन सफल शाहीले गाउँघरका गरिब–दुखी, असहाय र विपन्न परिवारलाई सहयोग गर्दै उनीहरूको जीवनमा केही राहत र खुशी ल्याउने प्रयास गरेकी हुन्।
स्थानीय बासिन्दाले शाहीको यस कदमलाई निकै सराहना गरेका छन्। उनीहरूले भने, “दशैँ त सबैको पर्व हो तर विपन्न परिवारका लागि चाहिँ चाड–पर्वमा समेत दुःख झेल्नु पर्ने अवस्था हुन्छ। दिपा शाहीले गरेका यस्ता सामाजिक कार्यले उनीहरूको पीडामा मलमपट्टी लगाएको छ।”
कलाकार मात्र नभई सामाजिक उत्तरदायित्वप्रति संवेदनशील नागरिकको रूपमा प्रस्तुत भएकी शाहीले आगामी दिनमा पनि आफ्नो गाउँ–ठाउँ र समाजका लागि सहयोगी भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएकी छन्।







