नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताएका छन्।

एक अन्तर्वार्ताका क्रममा उनले वडादशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिए।

‘जनयुद्धभरी र त्यपपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन। यसलाई सामान्य रुपमै लिनेगर्छु,’ उनले भने, ‘घरमा परिवारका सदस्यहरु, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन । उनीहरुलाई सहयोग चाहीं गर्छु।’

अध्यक्ष दाहालले दशैंमा प्राय टीका लगाउने गरेका छैनन्। तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्वीर सार्वजनिक भएको थियो।

लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्वीर उनकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गरेकी थिइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय