बिनोद बटाला रुकुम पश्चिम दशैंका अवसरमा रुकुम पश्चिममा कालिका माई मेला लाग्ने भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ स्थित सुन्दरपानीमा लाग्ने कालिका माई मेलामा विविध साँस्कृतिक कार्यक्रम, खेलकुदको पनि आयोजना हुनेछ।

परम्परागत रुपमा लाग्दै आएको मेलाको यो ११औं संस्करण असोज २२ गतेदेखि सुरु हुनेछ।

मेलामा विविधि साँस्कृतिक कार्यक्रमासहित भलिवल, ब्याडमिन्टन, दौडजस्ता खेलकुदको पनि आयोजना हुने आयोजक समितिका अध्यक्ष तिलक बटालाले जनाएका छन्। उनका अनुसार मेलामा स्थानीय सिंगारु नाँच पनि देखााइनेछ।

मेलामा सृष्टि युवा विकास केन्द्र आठबिसकोटको आयोजनामा वडा स्तरिय पुरुष भलिवल र ब्याडमन्टिन प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।

भलिबलको विजेताले ३०, दोस्रो हुनेले २० र तेस्रो हुने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने ब्याडमिन्टनको विजेता १० र उपविजेताले ६ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष बटालाले बताए। उनका अनुसार ५० वर्ष माथिको ५ सय मिटर दौड र स्थानीय सिंगारु नाँचलाई समान २ हजार रुपैयाँ दिइने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय