राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको शान्ति प्रक्रियामा योगदान पु¥याएबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छाडेको स्मरण गराएका हुन्।
‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो। जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने राजाको योगदान छैन?,’ उनले भने, ‘दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पु¥याए वापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो।’
उनले भ्रष्टाचार र हिंसा जहिले पनि दण्डित हुनुपर्ने बताए। संसद्मा प्राप्त गणित मात्रै सत्य नहुने बताउँदै उनले बंगलादेशबाट पाठ सिक्नुपर्ने बताए।







