महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताले आइभीएफ सेवा सुरु गरेको छ। आइभीएफ सेन्टरको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे।

उद्घाटन समारोहपछि मन्त्री पौडेलले नेपालमा बाँझोपन भएका वा निसन्तान भएका जोडीहरु दश प्रतिशतको धेरै ठूलो संख्या रहेको अवस्थामा शिक्षण अस्पतालमा आइभीएफ सेन्टर सञ्चालनमा आउनु एकदमै राम्रो कुरा भएको बताए।

उनले नेपालको स्वास्थ्य उपचारको अवस्था आजसम्म आइपुग्दा पनि प्रभावकारी सेवा सुविधा उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्ने दुवै पक्षबाट पूर्ण नभएको गुनासो गरे।

‘शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको सुरुवात हुँदैछ। यो समाजका लागि आवश्यकता थियो। खासगरी नेपालमा बाँझोपन भएका जोडीहरुमा दश प्रतिशत छन् भन्ने गरिन्छ। त्यो धेरै ठूलो संख्या हो,’ उनले भने, ‘बुढेसकालमा पाउने सहारा, परम्परागत धार्मिक विषयपनि यसमा जोडिएको छ। त्यसैले मेडिकल विज्ञानमा प्रयोगमा ल्याउनुपर्ने,सहजीकरण गर्नुपर्ने विषय अस्पताले शुभारम्भ गरेको छ। म आभार प्रकट गर्न चाहन्छु। यहाँसम्म आइपुग्दा पनि नेपालको स्वास्थ्य क्षेत्र पूर्ण छैन्। एउटा पूर्णताको निम्ति प्रभावकारी सेवा सुविधा उपलब्ध गराउने सन्दर्भबाट पनि पूर्णता छैन। र सेवा सुविधा प्राप्त गर्ने पक्षबाट पनि यो पूर्ण छैन।’

उनले राज्यले स्वास्थ्य सुविधालाई प्रभावकारी ढंगबाट उपलब्ध गराउने स्थिति निर्माण गर्न बिमाको व्यवस्थालाई पुनविचार गर्न जरुरी रहेको धारणा राखे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय