नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा जारी छ।
चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछी आगामी तीन वर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले बताएको छ।
कार्यशालाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठले तानसेन सहित सिङ्गो पाल्पाको पर्यटन र ब्यवसायिक प्रबद्र्धनका लागि सहयोग गर्न आव्हान गरे । स्वास्थ्य,शिक्षा र ब्यवसायका लागि तानसेन ऐतिहासिक हब हुदाहुँदै पनि पछाडी परेकोमा चिन्ता ब्यक्त गरे।
पर्यटनका दृष्टिले तानसेनमा अपार सम्भावना रहेकाले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आब्हान गरे। बुटवल–पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुँदासम्म तानसेन र आसपासका पर्यट्कीय क्षेत्रमा पर्यटन पूर्वाधारहरु निर्माण गरेर लाखौं पर्यटक भित्राउन सकिने सम्भावना औंल्याए।
चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले आगामी तीन बर्षभित्र लुम्बिनी चेम्बरले अन्तर्रास्ट्रिय,राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिकास्तरीय कार्यक्रम आयोजना गर्ने गरि रणनीतिक योजना बनाउने बताए।
अघिल्लो कार्यकालमा चेम्बरलाई बिस्तार गर्ने अधिकाम्स काम भएकाले अबको ३ बर्स उद्योगी, ब्यवसायीको अभिभावक संस्थाको रुपमा बिकास गर्ने बताए। चेम्बरले तीनै तहका सरकारहरुसँग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताउदै त्यसका लागि साथ र सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले ब्यवसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाकी नराख्ने बताए। परम्परागत भन्दा भिन्न गतिविधि गरेर यसपाली चेम्बरले आफ्ना गतिबिधि गर्ने बताए।
कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी तीन बर्ष गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने बिषयमा सहजीकरण गर्दै छन्।







