न्यु ह्याम्पसायर आगामी अगस्ट ३०, २०२५ शनिबारका दिन न्यु ह्याम्पसायरमा भव्य रूपमा तीज विशेष सांगीतिक कार्यक्रम हुने भएको छ। बेलुकी ५ बजेपछि सुरु हुने उक्त कार्यक्रम म्यानचेष्टर कम्युनिटी म्युजिक स्कूल हल, म्यानचेष्टर, न्यु ह्याम्पसायरमा आयोजना हुने छ।
कार्यक्रममा नेपालका चर्चित कलाकारहरू बद्री पंगेनी, कला लम्साल, प्रताप दास र एलिना चौहानले प्रस्तुति दिनेछन्। साथै, अन्य कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ।
कार्यक्रमको उद्घाटन सुरेन्द्र गुरुङले गर्नेछन् भने आयोजकको रूपमा एभरेष्ट कल्चरल ग्रुप–अमेरिका रहको छ। साथै, मुर्रा ब्रदर्स (न्यु ह्याम्पसायर) र एनएच दिदी बहिनी ग्रुप सह–आयोजक रहेका छन्। कार्यक्रमको यूएसए टुर Fly Nepa Travelले व्यवस्थापन गर्ने भएको छ।







