डोल्पा — डोल्पा जिल्लाको सदरमुकाम दुनै नजिकै रहेको लामालोटे भेरी नदीमा दाउरा टिप्न गएका ४ जना व्यक्ति फसेपछि नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले करिब ३ घण्टाको कठिन प्रयासपछि उनीहरूको सकुशल उद्धार गरेको छ।

घटनास्थलमा तुरुन्तै खटिएको सुरक्षा टोलीले जोखिमपूर्ण परिस्थितिका बीच उद्धार कार्य सम्पन्न गरेको हो। प्रमुख जिल्ला अधिकारी रोम महत, डिएसपीहरू, नेपाली सेनाका गुल्मपति र अन्य सुरक्षाकर्मीहरूको सक्रिय भूमिका रहेको थियो।

स्थानीय प्रशासनले उद्धार सफलताका लागि सबै सुरक्षा निकाय र सहयोगीलाई धन्यवाद व्यक्त गरेको छ।








