नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ।
सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएकाले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो।
‘नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’ सूचनामा भनिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार र बिहीबार टिकटकका प्रतिनिधिहरुसँग छलफल समेत गरेको थियो।
छलफलमा टिकटकका प्रतिनिधि नेपाल सरकारका सबै शर्त मान्न तयार भएपछि प्राधिकरणलाई पूर्ण रुपमा टिकटक खोल्न परिपत्र गरिएको थियो।







