जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको छेडागाड नगरपालिका–८ घोगीबाट थलहतर्फ जाँदै गरेको जिप नाउरीघाट भन्ने स्थानमा दुर्घटनामा परेको हो।
जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तथा स्थानीयवासी खड्कबहादुर बुढाका अनुसार दुर्घटनामा परी सोही स्थानका २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीया नन्दकला अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।
जिपमा चालकसहित पाँच जना सवार रहेका थिए। दुर्घटनामा चालकसहित अन्य दुई जना यात्रु घाइते भएका छन्। घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।







