जनमत पार्टीले शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ।
पार्टी निर्देशन विपरित काम गर्न थालेको भन्दै जनमतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो। सिंहले एकलौटी निर्णय लिन थालेको भन्दै पार्टीभित्रैबाट गुनासो आएपछि स्पष्टीकरण सोधिएको जनाइएको छ।
मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पार्टीसँग समन्वय नगरेको भन्दै प्रश्न समेत उठेको थियो।
मुख्यमन्त्री सिंहले गत साउन २२ गते दलहरुमा भागवण्डा गरी ५ जना राज्यमन्त्री थपेका थिए। मधेश प्रदेशको मन्त्रिपरिषद २० सदस्यीय बनेको छ।







