रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल गोतामकोट नजिकै रहेको चित्रीपाटन हिमाल क्षेत्रमा पानीको सुविधा विस्तार गर्न झन्डै ३०० मिटर लामो पाइप तान्ने कार्य सुरु गरिएको छ।

समुद्र सतहदेखि करिब ४८०० मिटरको उचाइमा रहेको चित्रीपाटन हिमाल क्षेत्रमा लामो समयदेखि पानीको अभाव थियो। सो समस्या समाधानका लागि वडा अध्यक्ष घनश्याम भण्डारी आफैं अग्रसर भएर काँधमा पाइप बोकी चट्टान, झाडी र उकालो बाटो हुँदै तानेर जडान गरिरहेका छन्।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यस क्षेत्रमा पानी पुगेपछि दर्शनार्थी, पर्यटक तथा स्थानीयवासीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।

चित्रीपाटन हिमालमात्र नभई, आठबिसकोट नगरपालिका भित्रका अन्य थुप्रै पर्यटकीय क्षेत्रहरूमा पनि आवश्यक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। बाटो, खानेपानी, विश्रामस्थल, सूचना बोर्डलगायत पूर्वाधार निर्माणमार्फत पर्यटकलाई सहजता दिने प्रयास स्थानीय सरकारको प्राथमिकतामा परेको छ।

अध्यक्ष भण्डारीले भने, “गोतामकोट हाम्रो पहिचान हो। यहाँ पानी नपुगेको हेरेर बस्न सकिन्न। आवश्यक परे म आफैं श्रम गर्न तयार छु।”

स्थानीय युवाहरू, धार्मिक अगुवाहरू र बासिन्दाहरूको सहकार्यमा यो कार्य सामूहिक श्रममार्फत अघि बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय