बिनोद बटाला रुकुमपश्चिम सम्वाददाता रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा २१ कि.मि चौथो सिस्ने रोड रेस खुल्ला प्रतियोगितामा गोर्खा जिलाका निरज भट्टा प्रथम भएका हुन , द्वितीय हुने दुर्गा बुढा तृतीय हुने रोशन राणा र चौथो हुने शक्ति रोकाय हुन भने १९ जना प्रतियोगीको सहभागी थियो | जसमा ई प्र का आठबिसकोट का प्रमुख गनेश खनाल र ई प्र का नलगाडका प्रमुख सन्तोष चन्दको पनि सहभागिता थियो |

२१ कि.मि मा १ घन्टा १८ मिनेटमा दुरि पार गरेर निरज भट्ट प्रथम भएका थिए |

साथ साथै १५ बर्ष मुनि महिला, पुरुष को पनि प्रतियोगिता भएको थियो जस्मा पुरुष तर्फ प्रथम नबराज बटाला द्वितीय हुने केसब के.शि तृतीय हुने रमेश के.शि र चौथो हुने गोपाल मल्ल भने २१ जनाको सहभागी थियो | महिला तर्फ प्रथम हुने निर्मला कुसारी द्वितीय हुने सरिता गिरि तृतीय हुने प्रिया पुन र चौथो हुने जानकी परियार भने १६ जनाको सहभागी थियो |

४० बर्ष माथिका पुरुष तर्फ प्रथम हुने डिलाराम कुसारी द्वितीय हुने अम्मर बहादुर बस्नेत तृतीय हुने नैनसिंह कुसारी र चौथो हुने भुपेन्द्र गिरि भने १३ जनाको सहभागी थियो | महिला तर्फ ३० बर्ष माथी प्रथम हुने धर्मेन्द्रा पुन द्वितीय हुने बिमला खत्री तृतीय हुने निर्मला घर्ती मगर र चौथो हुने पबित्रा खत्री भने ८ जनाको सहभागी भएको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय