काठमाडौं, साउन ७ रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१० घरिखोलाका युवा नेता तथा रुकुम–काठमाडौं सम्पर्क समितिका अध्यक्ष यकराज के.सी. हाल काठमाडौंमा रहेका रुकुमेली युवाहरूसँग लगातार भेटघाट तथा छलफलमा व्यस्त छन्।

उनी हाल काठमाडौं बसोबास गरिरहेका रुकुमका युवाहरूसँग विभिन्न स्थानमा भेटघाट गर्दै युवा नेतृत्व, एकता, अवसर र सञ्जाल विस्तारमा गम्भीर छलफल गरिरहेका छन्। उनको यो पहललाई रुकुमबाट काठमाडौं गएका युवाले निकै सकारात्मक रूपमा लिएका छन्।

“हामी रुकुमबाट आएका भए पनि यति सक्रिय नेतृत्व पाउनु सौभाग्य हो,” एक युवाले भने।यकराज के.सी.ले रुकुमेली युवाबीच एकता, सशक्तिकरण र भावी नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संगठन सुदृढीकरणका लागि निरन्तर दौडधूप गरिरहेका छन्।

उनको भनाइमा, “काठमाडौंमा रहेका हाम्रा युवालाई संगठित गरेर रुकुमकै समृद्धिको जग तयार गर्नुपर्छ। हाम्रो संगठन केवल नामका लागि होइन, कामका लागि हो। ”निकट भविष्यमा उनले रुकुमेली युवाको साझा भिजन निर्माणका लागि विशेष कार्यशाला कार्यक्रमको समेत योजना बनाइरहेको जानकारी दिएका छन्।









