विश्वभरका नेपाली सर्जकलाई समेट्ने उद्देश्य स्वरुप सामाजिक संजालबाट खोलिएको नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार , भक्तपुर घर भई हाल वेलायतमा रहेर हरेक विधालाई उत्तिकै महत्व दिँदै नेपाली भाषा साहित्यकोजगेर्ना र उत्थान गर्दै आउनुभएका सशक्त प्रतिभा, साधक स्पन्दन विनोदका पहिलो र दोस्रो गजल संग्रह अविरल र भिजाएर गयौ कृति प्रकाशन भइसकेका छन्। सो कृति युरोपको अन्तिम विन्दुमा विमोचन गर्ने पहिलो नेपाली कृतिका रुपमा विश्व रेकर्ड कायम समेत गरेर नेपाललाई चिनाउने काम गरेको छ ।
यसै क्रममा भुवनेश्वरी र अविरल गरी दुई शोक काव्य एकै पटक साउन महिनामै प्रकाशनको अन्तिम तयारी रहेको छ। स्पन्दन विनोदलाई चिन्ने अग्रज साधक सबैले उनले परिकल्पना गरेको नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालाले हरेक दिन अग्रज साहित्यकारबाट नयाँ विधाको प्रशिक्षण दिएर अनलाईन विश्वविद्यालयको काम गरिरहेको बताउँछन्।
स्पन्दन विनोदले साहित्यका धैरे बिधामा कलम चलाइसक्नु भएको छ । उहाँले गित संगीत तथा कला क्षेत्रमामा पनि आफ्नो रचना र प्रतिभा बजारमा ल्याइसक्नु भएको छ । मुलुक बाहिर भएर पनि आफ्नो कला साहित्यलाइ माया गर्दै पुनः उहाँले भुवनेश्वरी र अविरल गरि दुई शोककाब्य बजारमा ल्याउने तयारी भएको बताउनु भएको छ । यस्तै थुप्रै कृति प्रकाशोन्मुख रहेको पनि जानकारी गराउँनु भएको छ। यसरी देशदेखि परदेशसम्मका नेपालीका प्रेरणाका स्रोत बनेका साहित्यकार स्पन्दन विनोदलाई हाम्रो तर्फबाट पनि कृति सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।