आठविसकोट नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालमा सोमबार स्वास्थ्यकर्मीहरुको अभिमुखिकरण कार्यक्रमसँगै विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२५ प्रारम्भ गरिएको छ। प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ (२०७८ मंसिर २ देखि ८) सम्म विश्वभर मनाइने यस सप्ताहको उद्देश्य एण्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) का बारेमा सर्वसाधारण, स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच चेतना फैलाउने र जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने रहेको छ।

कार्यक्रममा सहभागीहरुलाई प्रतिजैविक औषधिको दुरुपयोगका कारण बढ्दै गएको औषधि प्रतिरोधको जोखिम, यसको प्रभाव तथा रोकथामका उपायहरूबारे जानकारी दिएको थियो।

यस वर्षको राष्ट्रिय नारा “प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ” रहेको छ। सोही नारा अनुरूप आठविसकोट नगरपालिकाले स्थानीय तहमा एएमआर नियन्त्रणका लागि सचेतना विस्तार, सुरक्षित औषधी प्रयोग र समुदायस्तरीय स्वास्थ्य अभ्यास सुधारका कार्यक्रम सञ्चालन गरिरहेको नगर अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय