रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडिमा आजदेखि राष्ट्रिय वाणिज्य बैंकको सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। बैंक सञ्चालनसँगै अब स्थानीय नागरिकहरूले खाता खोल्ने, रकम जम्मा निकासा, भुक्तानी लगायतका सबै बैंकिङ सेवा आफ्नै क्षेत्रमा सहज रूपमा पाउने भएका छन्।

यसअघि उक्त क्षेत्रमा प्रभु बैंकले मात्र सेवा दिँदै आएको थियो। राष्ट्रिय वाणिज्य बैंक थपिएसँगै अब आठबिसकोट नगरपालिकामा दुईवटा बैंक सञ्चालनमा आएका छन्। बैंक संख्या बढेसँगै वित्तीय पहुँच विस्तार हुनुका साथै सेवामा प्रतिस्पर्धा र सहजता थप हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले लामो समयदेखि सरकारी स्वामित्वको बैंकको माग गर्दै आएका थिए। राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा आएपछि व्यापार–व्यवसाय, सामाजिक सुरक्षा भत्ता वितरण तथा सरकारी कारोबारमा समेत सहजता आउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय