रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९, राडीझ्युला (पश्चिम भाग) स्थित वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नविकरण प्रक्रिया सुरु गरेको छ। वडाले साउन ९ गते (२०८२/०४/०९) एक सूचना जारी गर्दै लक्षित लाभग्राहीहरूलाई आवश्यक कागजातसहित निवेदन दिन अनुरोध गरेको छ।

सामाजिक सुरक्षा नियमावली, २०७६ (संशोधन सहित) अनुसार २०७८ साल माघ मसान्तपछि वडामा नयाँ रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सुरु गरेका लाभग्राहीहरूले अब नविकरण गर्नुपर्ने भएको हो। यसअन्तर्गत २०७८ साल माघ १ गतेपछि भत्ता लिन थालेका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बालबालिका, अपाङ्गता भएका बालबालिका र अन्य समावेश लाभग्राहीहरूलाई सो भत्ता निरन्तर पाउने प्रयोजनका लागि नविकरण आवश्यक हुने जनाइएको छ।

वडाले स्पष्ट रूपमा जनाएको छ कि नविकरणका लागि साउन १० गतेभित्र मात्र निवेदन दिन सकिनेछ, त्यसपछि आएका निवेदन स्वीकार गरिने छैन।

आवश्यक कागजातहरू:

१. अनुसूची–२ अनुसारको ढाँचामा निवेदन (वडा कार्यालयबाट पाइने)
२. लाभग्राहीको सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि
३. नागरिकता वा जन्मदर्ताको प्रतिलिपि
४. सहायक व्यक्तिको तर्फबाट निवेदन दिने भए निजको नागरिकताको प्रतिलिपि
५. पासपोर्ट साइज फोटो २ प्रति
६. विशेष परिस्थितिमा प्रमाणित कागजात (उदा. महिला लाभग्राहीले विवाह नगरेको प्रमाण आदि)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय