रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ मा महिलाहरूको क्षमता अभिवृद्धि तथा सशक्तिकरणका उद्देश्यले आयोजित विशेष कार्यक्रम नगर उप–प्रमुख धनकुमारी शाहीको नेतृत्वमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रममा वडा नं. ७ का महिलाहरूको बाक्लो तथा उत्साहजनक उपस्थिति रहेको थियो। सहभागी महिलाहरूलाई प्रशिक्षण, सम्मान–पत्र, मालापहिरो र प्रेरणादायी सन्देशसहित सम्मान गरिएको थियो।
समुदायिक भवन परिसरमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा समुदायको उल्लेखनीय साथ–समर्थन पाइयो। आयोजकका अनुसार महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास वृद्धि तथा सामाजिक चेतनामा यस कार्यक्रमले महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिएको छ।







