
बिनोद बटाला सम्वाददाता रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगरस्तरिय बालक्लब सञ्जाल गठन गरिएको छ। यो संजाल गठन गर्नको लागि महिला बिकास निरीक्षक शाखा प्रमुख लिला ओलि र सहायक मिना बुढाको सहकार्यमा भेला भएको थियो।
नगरस्तरीय बालक्लब सञ्जाल गठन गर्नको मुख्य उद्देश्य समाज परिवर्तनको अभियानमा सहयोगी बन्नु हो। यस संजालको अध्यक्ष रिजन शर्मा, उपाध्यक्ष माधब कुमार थापा, र सचिव सपना परियार रहेका छन्।
यो संजाल गठन गर्नाले आठबिसकोट नगरपालिकाका बालक्लबहरूलाई एकजुट गर्नमा मद्दत मिल्ने छ। यसले बालक्लबहरूलाई समाज सेवामा सहभागी हुने अवसर प्रदान गर्नेछ।
बालक्लब सञ्जाल गठनको कार्यविधि निर्देशिका अनुसार, यो संजाल गठन गर्नको लागि आवश्यक प्रक्रियाहरू पूरा गरिएका छन् ।