रुकुम पश्चिम । आठबिसकोट नगरपालिकाले गरिब तथा अति विपन्न नागरिकका लागि उपलब्ध गराएको उपचार खर्च तथा विपन्न राहत रकम वितरण प्रक्रियामाथि आफन्त र पहुँचको प्रभाव देखिएको छ। आठबिसकोट नगरपालिका नगरकार्यपालिकाको ९५ औँ बैठकले गरिब र अति विपन्न व्यक्तिलाई रकम हस्तान्तरण गर्दा आफन्तबाद गरेको देखिएको छ।

नगरपालिकाको कार्यपालिकाको आधिकारिक पत्रमा समावेश नामहरू मध्ये केही व्यक्ति सम्बन्धित वडा अध्यक्षका आफन्त भएको दाबी सार्वजनिक भएपछि राहत वितरणको पारदर्शितामाथि आशंका बढेको हो।

कागजातअनुसार आठबिसकोट नगरपालिका–१४ र १० तथा ११ का तीन जनालाई क्रमशः २ लाख ५० हजार, ५० हजार र १ लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको देखिन्छ। तर स्थानीयस्तरमा ती व्यक्ति वास्तविक गरिब वा अति विपन्नको मापदण्डमा पर्छन् कि पर्दैनन् भन्ने विषयमा प्रश्न उठाइएको छ।

स्थानीय स्रोतका अनुसार, “गरिब तथा विपन्न नागरिकका लागि छुट्याइएको राहत रकम वडा अध्यक्षका आफन्तसम्म पुगेको भन्ने चर्चा चलेको छ। कार्यपालिकाको निर्णय अनुसार गरिब तथा अति विपन्न परिवारको १ नम्वरमा वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुनकी श्रीमती सिर्जना पुनलाई सिफारिस गरिएको छ। पुन भन्दा विपन्न परिवारका डण्डबिर कामी लाई ५० हजार उपचार खर्च दिँदा वडा अध्यक्षकी श्रीमती लाई २ लाख ५० हजार दिएको छ।

कार्यविधि र रकम पाउनेहरुको सुची हेर्नुहोस

नगरपालिकाले आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७४ बनाएर स्पष्ट रुपमा गरिब र अति विपन्न परिवार लाइ पाँच हजारदेखि चालिस हजारसम्म आर्थिक सहायता दिई निःशुल्क उपचारको लागि समेत सिफारिस गर्न सकिनेछ। भनिएको छ। तर कार्यविधि विपरित वडा अध्यक्षकी श्रीमती लाई २ लाख ५० हजार दिएको पाइएको छ।

सार्वजनिक स्रोतबाट आएको राहत रकम नातागोता, पहुँच र प्रभावका आधारमा वितरण भएको हो कि होइन भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयवासीको माग छ। साँच्चिकै विपन्नले राहत नपाउने र पहुँचवालाले पाउने अवस्था स्वीकार्य हुँदैन,” एक स्थानीयले प्रतिक्रिया दिए।

यता, यस विषयमा सम्बन्धित वडा कार्यालय तथा नगरपालिकाका जिम्मेवार पदाधिकारीको आधिकारिक धारणा आउन बाँकी छ। गरिबी विपन्नका नाममा वडा अध्यक्षकी श्रीमती लाई नै कार्यविधि भन्दा बढी रकम दिनुले स्थानीय सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

९५ औ बैठका निर्णयहरु हेर्नुहोस् https://aathbiskotmun.gov.np/sites/aathbiskotmun.gov.np/files/95_page-0001.pdf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय