बिनोद बटाल रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडिज्युलाको क्याम्पस रोड जाने बाटोमा स्केट हाउस सञ्चालनमा आएको छ ।

आज एक कार्यक्रमका बिच आठबिसकोट नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष जनक बहादुर बटालाद्वारा रिबन काटेर स्केट हाउसको उद्घाटन गर्नुभएको हो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ चौताराका झलाक सुनारले पहिलो पटक आठबिसकोट्मा स्केट हाउस सञ्चालनमा ल्याउनुभएको हो ।

करिब २०-२५ लाखको लगानीमा हाउस सञ्चालन गरिएको सञ्चालक सुनारले जानकारी दिनुभयो । युवाहरूलाई शारीरिक रूपमा तन्दुरुस्त बनाउने उद्देश्य राखिएको उहाँले बताउनुभयो । साथै खेल भावनाको विकास गरी खेलकुद प्रवर्द्धनमा टेवा पुर्‍याउने र पर्यटन प्रवर्द्धन गर्ने समेत लक्ष राखिएको सुनारले बताउनुभयो ।

अन्य ठाउँमा स्केटको राम्रो बजार रहे पनि रुकुम पश्चिममा भने यसको विकास हुन बाँकी रहेको छ । धेरैले यो नयाँ लागेको र अब बिस्तारै यसप्रति युवाहरूको आकर्षण बढ्ने विश्वास अर्का सञ्चालक सुनारले व्यक्त गर्नुभयो । व्यवसाय सँगसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पुग्ने उहाँको भनाई छ ।

स्केट हाउसको उद्घाटन गर्दै आठबिसकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जनक बहादुर बटालाले जिल्लामा नयाँ नयाँ गतिविधिको सुरुवात हुनु सकारात्मक रहेको बताउनुभयो । जिल्लाका युवा तथा सबै उमेर समूहका मानिसहरूले जिल्लामै स्केट गर्न पाउनु राम्रो कुरा भएको उहाँको भनाई थियो । साथै उहाँले सुरक्षामा विशेष ध्यान दिन सुझाव दिनुभएको छ ।

यो सँगै जिल्लामा औपचारिक रूपमा पहिलो पटक स्केट हाउस सञ्चालनमा आएको छ । राडिज्युलामा पनि स्केट पार्क निर्माण भएको छ ।

सञ्चालक सुनारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आठबिसकोट नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नगर प्रहरी , नेपाल प्रहरी लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालक गोबिन्द खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय