रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाअन्तर्गत स्थापित ठुलिभेरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभा सहकारीका अध्यक्ष श्री चादानी चन्द्र मल्लको अध्यक्षतामा २०८२ साल पौष २७ गते सम्पन्न भएको हो।
साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। कार्यक्रममा सहकारीका सदस्यहरूको सहभागिता रहेको थियो भने सहकारीमार्फत कृषकहरूको आयआर्जन वृद्धि, आत्मनिर्भरता र स्थानीय कृषि उत्पादन प्रवर्द्धनमा जोड दिइएको बताइएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीलाई अझ पारदर्शी, प्रभावकारी र सदस्य–मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। साथै आगामी दिनमा कृषि उत्पादन, पशुपालन तथा स्वरोजगारमूलक कार्यक्रमहरूलाई प्राथमिकता दिने निर्णयसमेत गरिएको छ।
साधारण सभाले सहकारीको संस्थागत विकास र स्थानीय किसानहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।







