नेपाली कांग्रेस अर्थ मन्त्रालयलगायत मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ। कांग्रेसले अर्थ मन्त्रालयसहित ४ वटा मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा जान लागेको हो।
नेपाली कांग्रेसले अर्थ मन्त्रालयसहित ४ मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
सहमती अनुसार कांग्रेसबाट सुनिल कुमार यादवले अर्थ मन्त्रालय, जनार्दनसिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको नेतृत्व समाल्ने छन्।
कांग्रेसले एक साताअघि नै मन्त्रीकाे नाम टुंगाे लगाएकाे थियाे । जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्ने अडान लिएपछि मन्त्रिपरिषद् विस्तार हुन ढिला भइरहेको थियो। कांग्रेसले नै अर्थ मन्त्रालय पाउने निश्चित भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो ।