काठमाडौँ । अमेरिका सपना देखाएर मानव बेचबिखन गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -७ का निराजन नेपालीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ७ घर भएका नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालले बताए ।

‘अमेरिकामा ६ लाख सम्म तलब हुन्छ’ भनेर पीडितलाई उनले दुबईमा लगेर बन्धक बनाएको आरोप छ । जाहेरवालासँग उनले १४ लाख ८० हजार रुपैयाँ लिएका थिए । आरोपीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । मङ्सिर २५ मा काठमाडौँमा ल्याएर उनीबिरुद्ध अनुसन्धान भइरहेको एसपी रिमालले जानकारी दिए ।

नेपालीको गिरोहमा आबद्ध ४ जना फरार छन् । अमेरिका सपना देखाएर उनीहरूले ८० लाखसम्म लिने गरेको पीडितहरू बताउँछन् । यो खबर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय