रुकुम पश्चिम रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ माथिल्लो आमडाँडाका ३० वर्षीय विनोद बिसीको अमेरिकामा सडक दुर्घटनामा निधन भएको छ।
प्राप्त जानकारी अनुसार अमेरिकाको San Francisco राज्यमा शनिबार बिहान करिब ३ बजे (स्थानीय समय अनुसार) गाडीको ठक्करबाट उहाँको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
उहाँ केही वर्षदेखि रोजगारीको सिलसिलामा अमेरिकामा बस्दै आउनुभएको थियो। यो दुर्घटनाले गाउँघर र आफन्तमाझ गहिरो शोक छाएको छ।
मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिन्छ।







