राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।
विधेयक प्रमाणिकरणपछि अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै नेतृत्वको मातहतमा सञ्चालन हुनेछन्।
विधेयक प्रमाणिकरणसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको नेतृत्व समेत फेरबदल हुने भएको छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको जनाएको छ।
उक्त विधेयक यसअघि सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरिएको थियो।







