नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंको सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३० विन्दुमा कायम भएको छ।

मंगलबार ३२८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

 

आजको कारोबारमा विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, जीवन बीमा २.२८, लघुवित्त ०.३६ र निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.६७, वित्त १.५७, जलविद्युत् ०.५०, लगानी ०.४४, उत्पादन तथा प्रशोधन ०.१४, म्युचुअल फन्ड ०.३, व्यापार ०.४१ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ ।

सात कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ करोड ७२ लाख २३ हजार दुई सय ७३ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख ४४ हजार एक सय ५० कित्ता शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय