गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शान्ति प्राप्त गर्ने उद्देश्यका साथ गोदावरी नगरपालिकाले योगलाई अगाडि बढाएको बताएका छन्।
बिहीबार गोदावरी नगरपालिकामा आयोजित ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ भन्ने कार्यक्रममा उनले विकास र परिवर्तनको साथै दुख, कष्ट पनि बढि रहेको भन्दै यसको अन्त्यको लागि योगको बाटोमा लाग्नु पर्ने बताएका हुन्।
उनले भने, ‘हामी जति विकासको बाटोमा अगाडि बढिरहेका छौं। जति परिवर्तनशिल भइरहेका छौं। त्यो परिवर्तनसँगै हामी आफ्नो दुख, कष्ट पनि बढाई रहेका छौं। त्यसकारण यसको अन्त्य गर्नको लागि हामी मनदेखि नै शान्त र सुखि हुनुपर्छ। योगले मात्र हामी स्वस्थ रहन सक्छौ र शान्ति प्राप्त गर्न सक्छौ भन्ने उद्देश्यका साथ गोदावरी नगरपालिका अगाडि बढि रहेको छ।’
यसको साथै, जबसम्म हाम्रो मनमा शान्ति हँुदैन् तबसम्म बाहिरी शान्ति खोजेर मात्र सुख पाउन नसक्ने पनि उनको भनाई छ।
‘हामी सबैको चहाना भनेको सुख, शान्ति नै हो तर यो सुख, शान्ति आफूभित्र नखोजेर बाहिर मात्र खोजि रहेका हुन्छौं,’ उनले भने, ‘जब सम्म हाम्रो मनमा शान्ति हुँदैन् हामीले बाहिर खोजेर मात्र सुख पाउन सक्दैनौ। ंत्यसकारण यसको उपाय भनेको योग, ध्यान र साधना नै हो।’
गोदावरी नगरपालिका र वडा कार्यालय ३ को आयोजनामा टौखेल जीवनयोग प्रयोगशालाको सहयोगमा र जीवन विज्ञान परिषद् ललितपुरको सहकार्यमा नेपालबाट सुरूभई विश्वभर फैलदैगएको योग–ध्यान विधिमा आधारित ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ भन्ने कार्यक्रमको आयोजना गरेको हो।







