विद्रोहीहरूले सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेका छन्।

विद्रोही समूह हयात तहरीर अल सामले दमास्कस आफ्नो कब्जामा लिएपछि राष्ट्रपति असदले देश छाडेर भागेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल दमास्कसबाट जहाज चढेर हिँडेको जनाएको छ । असद कतातर्फ लागे भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन।

विद्रोही समुहले राष्ट्रपति असद देश छाडेर भागेपछि सार्वजनिक संस्थानहरू प्रधानमन्त्रीले सम्हाल्ने बताइएको छ। प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमै रहने बताएको रोयटर्सले उल्लेख गरेको छ।

सिरियामा सन् २००० देखि बसर अल असद निरन्तर सत्तामा रहेका थिए। असद सरकारविरुद्ध विद्रोही समूहले संघर्ष गर्दै आएको थियो। सिरियाली सेना पछाडि हटेपछि विद्रोही समूहले ठूला सहरहरू पनि कब्जामा लिएका छन्।

विद्रोहीले अलेप्पो, होम्स र राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति असद भागेको समाचारमा जनाइएको छ।

सिरियामा विद्रोहका क्रममा ५ लाखभन्दा बढी मारिएका छन्। १ करोडभन्दा बढी मान्छे विस्थापित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय