लुम्बिनी प्रदेशमा सत्तारुढ नेपाली काँग्रेस, एमालेलगयत सत्ता साझेदार दलहरूले मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्।
मुख्यमन्त्री आचार्यले प्रदेश सभाको बैठकमा मंलवार विश्वासको मत लिँदै छन्।
आचार्य गत साउन ७ गते कांग्रेस र एमालेसहितका ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ८७ सांसद रहेको लुम्बिनीमा बहुमतको लागि ४४ सांसद संख्या आवश्यक पर्दछ । आचार्यले मङ्गलवार दिउँसो २ बजे विश्वासको मत लिने तय भएको छ।
विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीमा आचार्य छन्।







