मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’लाई यो वर्षको मदन पुरस्कार प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले २०८० को मदन पुरस्कार छनोटमा परेका ५ पुस्तक मध्ये मैनालीको ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो।

मदन पुरस्कारको अन्तिम सूचीमा मैनालीको ‘मुकाम रणमैदान’सँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ थिए।

यस्तै, गुठीले यो वर्षको जगदम्बा श्री पुरस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ।

पुरस्कार आगामी असोजमा वितरण हुनेछ। दुवै पुरस्कारको राशी समान ४ लाख रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय