‘मिस प्लानेट २०२४’ मा सहभागी हुन अनिशा पराजुली कम्बोडिया प्रस्थान गरेकी छिन्।

मिस प्लानेट नोभेम्बर १९ देखि नोभेम्बर २७ सम्मा सञ्चालन हुनेछ। प्रतियोगिताका लागि अनिशाले बुद्धको थिममा ‘नेसनल कस्ट्युम’ बनाएकी छन् । कम्बोडिया बौद्ध धर्मावलम्वीको बाहुल्य देश भएकाले यो थिम अपनाएको उनले बताइन्।

‘मिस प्लानेट’ को यो वर्षको थिम ‘दिगो विकास सँगसँगै मेन्टल हेल्थ अवारनेस’ रहेको छ। वीर नर्सिङ क्याम्पसमा मास्टर्स पढिरहेकी उनी मनोचिकित्सक नर्स हुन्।

काठमाडौंमा केही दिनअघि भएको नर्सहरूको सौन्दर्य प्रतियोगितामा उनी ‘मिस नेपाल पिस’को फस्ट रनरअप घोषित भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय