विहीबार अर्थात कात्तिक १ गतेबाट सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ।
कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक पटक हुन लागेको हो।
नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा साफको आयोजना गरेको थियो । प्रतियोगिताका लागि सबै टोली काठमाडौं आइसकेका छन्।
च्याम्पियनसिपको उद्घाटन खेल भोलि बिहीबार समूह ‘ए’मा रहेका भारत र पाकिस्तानबीच हुनेछ।
समूह ‘बी’मा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्नेछ । प्रतियोगिताको अघिल्लो दिन आयोजित प्रि–म्याच कन्फेरेन्समा सहभागी सातवटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए।
नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको तयारीका लागि थोरै समय भएपनि टिम तयार रहेको बताए।
एन्जिला तुम्बापोको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा गरिएको थियो।
उदघाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच पनि हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् ।
समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन् ।
कात्तिक १४ गतेसम्म हुने च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइनेछ ।







