प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ १६ भदौदेखि हुने भएको छ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सांसदहरुलाई उजुरी अध्ययनका लागि वितरण गरेको छ।
यस्तै, उजुरीकर्ताहरुलाई उजुरीको कारण र आधारबारे सोधपुछका लागि १४ भदौमा बोलाउने निर्णय समेत भएको छ।
१६ भदौदेखि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गरी २३ भदौसम्म सक्ने कार्यसूची छ। समिति समक्ष १७ जना प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी परेको जनाइएको छ।







